स्वास्थ्यमन्त्रीद्वारा ५ निर्देशकको जिम्मेवारी हेरफेर

डिसी नेपाल
२७ पुष २०७७ १३:४५

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले विभिन्न ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

आइतबार मन्त्रीस्तरीय निर्णय अनुसार विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको हो ।

कान्ति बाल अस्पतालको निर्देशक डा.कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने इडिसीडीका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालय तानिएको छ । कान्ति बाल अस्पतालको जिम्मेवारीमा डा.आरपी बिच्छालाई दिइएको छ ।

यस्तै स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा मन्त्रालयमा रहेका डा. मदन उपाध्यायलाई पठाइएको छ । डा. रमेश खरेललाई विभाग अन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *