मानव तालासहितको आमरण अनशन

डिसी नेपाल
२७ पुष २०७७ १४:५२

काठमाडौं। नेकपा जनवादी नेपालका नेताहरु ५२ बुँदे मागसहित नपालमै पहिलो पटक मानव साङ्लो सहितका आमरण अनशनमा रहेका छन्। पूर्ण निशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको उचित व्यवस्थाको जिम्मेवारी राज्यले लिनु पर्ने भन्दै उनीहरु आमरण अनशनमा बसेका हुन्।

सरकारले पटक पटक वार्ताका नाममा धोका दिएको भन्दै नेकपा जनवादीका संयोजक डी। यस महता र भरत धनाडी पुस २३ गतेदेखि आमरण अनशनमा छन्। उनीहरुले सरकार अब पनि मागप्रति गम्भिर नभए निर्णायक आन्दोलनमा होमिने चेतावनी समेत दिएका छन्।

नेकपा जनवादीले मंसिर २६ गते आम नागरिकका जनजीविकाका मागलाई केन्द्रमा राख्दै सरकारलाई ५२ बुँदे मागसहित ज्ञापन पत्र बुझायका थियो। सरकारले मागप्रति चासो नदेखाएको भन्दै उनीहरुले पुस ३ गतेदेखि शान्तिपूर्ण धर्ना शुरु गरेका थिए। शान्तिपूर्ण धर्नामा बस्दा पनि सरकारले माग सम्बोधन गर्नुको सट्टा धरपकड गरी अनशन बस्न बाध्य गराएको अनशनरत नेकपा जनवादीका संयोजक डी। यस महताले बताए।

उनले भने “सरकारले हाम्रा मागलाई नसुनेपछि, पुस ३ गतेदेखि २० दिन शान्तिपूर्ण धर्नामा बस्यौँ। तर, सरकारले सहानुभुति बाहेक केही गर्न चाहेन। बरु उल्टै मसहित १६ जना साथीहरुलाई जर्वजस्ती धरपकड गर्यो। त्यसपछि हामी आमरण अनशन बस्न बाध्य भयौँ। यदि अब पनि सरकारले हाम्रा माग प्रति बेवास्ता गर्यो भने, कार्यन्वयन गरेन भने तेस्रो चरणको निर्णायक आन्दोलनमा होमिने छौँ।”

सरकार लगायत विपक्षी दलहरुले दिनहुँजसो जुलुस, आमसभा गर्दा पनि बेवास्ता गरियको तर, आफुले शान्तिपूर्ण धर्ना गर्दा पनि सरकारले आफूलाई जर्वजस्ती गरेको उनको भनाइ छ।
उपचारमा खटियका चिकित्सकले उनीहरुको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिदैँ गएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *