३० बिगाहा जग्गामा लगाएको गाँजा नष्ट

डिसी नेपाल
२७ पुष २०७७ १७:१३

मकवानपुर । मकवानपुरमा प्रहरीले ३० बिगाहा जग्गामा लगाएको गाँजा नष्ट गरेको छ।

राक्सिराङ गाउँपालिका १ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारकाअवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *