आगलागी नियन्त्रणमा आउन सकेन

डिसी नेपाल
२७ पुष २०७७ १७:०५

रसुवा । हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ ।

भीरपाखा र असहज स्थानमा भएकोले डडेलो नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए । डडेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उनले बताए ।

सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डडेलो नियन्त्रणमा जुटेका छन् । ती क्षेत्रका सयांै हेक्टर वन डडेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *