मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एकको मृत्यु

डिसी नेपाल
२७ पुष २०७७ २०:४१

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नंको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना३क ८३३३ नंको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *