स्रोत नखुलेको ३७ लाख नगदसहित एक पक्राउ

डिसी नेपाल
२७ पुष २०७७ २२:१४

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौं आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई आज पक्राउ गरेको हो । झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ गुरुङसँग प्रहरीले रु ३७ लाख नगद, रु सात लाख ११ हजारको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका गुरुङसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *