प्रियंका चोपडाले झण्डै १ दर्जन बच्चा जन्माउने !

डिसी नेपाल
२८ पुष २०७७ १४:१६

काठमाडौं। अभिनेत्री प्रियंका चोपडाले आफूले झण्डै १ दर्जन बच्चा जन्माउन चाहेको बताएर सबैलाई चकित पारिदिएकी छिन् । २०१८ मा अमेरिकी पप गायक निक जोनससँग विवाह गरेकी प्रियंकाले बेलायती म्यागजिन सन्डे टाइम्ससँग कुरा गर्दै आफूले पूरै क्रिकेट टिमजति बच्चा चाहेको बताएकी हुन् । एउटा क्रिकेट टिममा १ दर्जनभन्दा मात्रै १ कम अर्थात ११ जना खेलाडी हुन्छन् ।

प्रियंकाले भनिन् ‘मलाई बच्चाहरु चाहिन्छ । जति हुन सक्छन् त्यति बच्चा । एक क्रिकेट टिमजति ? म निश्चित छैन ।’ प्रियंकाको विवाह हिन्दू र क्रिस्चियन दुवै रितिरिवाजअनुसार भएको थियो । आफूहरुको संस्कृति फरक भएका कारण आफूलाई कुनै समस्या नभएको पनि प्रियंकाले बताइन् ।’ उनले भनिन् ‘कुनै समस्या भएन । निक भारतमा त्यसैगरी आएका थिए जसरी एउटा माछा पानीमा आउँछ ।’

केही समअघि प्रियंकाको फिल्म द ह्वाइट टाइगर रिलिज भएको थियो । फिल्ममा प्रियंकासँग राजकुमार राव मुख्य भूमिकामा थिए । प्रियंका अब छिटै फिल्म द मेट्रिक्स ४ मा काम गर्दैछिन् । यसबाहेक उनको द टेक्स्ट फर यु फिल्म पनि आउँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *