नेप्से २८ दशमलव ३१ अंक बढ्यो

डिसी नेपाल
२८ पुष २०७७ १६:२६

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से २८ दशमलव ३१ अंक बढेको छ। मंगलबार नेप्से २८ दशमलव ३१ अंक बढेर २ हजार २६७ दशमलव ७३ विन्दुमा बन्द भएको छ।

सोमबारको तुलनामा नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने ओरालो लागेको छ । मंगलबार २०२ ओटा कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार भन्दा धेरै कारोबार भयो। यसअघि सोमवार ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार बराबरको सेयर कारोबार भएको थियो।

मंगलवार सर्वाधिक कारोबार प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको २९ करोड ६ लाख ३४ हजार बराबरको सेयर कारोबार भयो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *