‘सुपर प्लस साइज मोडल २०२१’ को दोस्रो अडिसन माघ १० मा
काठमाडौं। मोडल सङ्स नेपालले आयोजना गर्दै आएको ‘सुपर प्लस साइज मोडल २०२१’ को दोस्रो अडिसन माघ १० गते हुने भएको छ। ‘अल साइज इज ब्युटिफुल’ भन्ने नाराका साथ आयोजनामा आएको सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो । तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिवार सम्पन्न भएको थियो।
काठमाडौको बागबजारस्थित बर्गर हाउसमा आयोजित अडिसनमा कुल २६ जनाले सहभागिता जनाएका थिए। जसमध्ये उक्त अडिसनबाट कुल ९ जना फिनालेका लागि छनोटमा भएका छन्। टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दिपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतो सम्मिलित निर्णायक मण्डलले मोडलहरुको छनोट गरेको थियो।
मोडल सङ्स नेपाल दोस्रो अडिसनबाट थप मोडलहरु छनौट गर्दै प्रशिक्षणमा सहभागी गराउने अन्तिम तयारीमा छ। उनीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण दिने छन्। प्रशिक्षण पश्चात सहभागीहरु बीच स्पर्धा गराईनेछ।
प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साइज, २०२१’ मा सहभागिता जनाउन पाउने कम्पनीका प्रमुख डेभिल सिंह राजपुतले बताए। उत्कृष्ट तीन रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने पनि राजपुतले जानकारी दिएका छन्।
राजपुतका भन्छन् ‘प्लस साइज (मोटोपना) का कारण हिनतावोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो।’
प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती र महिलाहरुले भाग लिन सक्नेछन्। ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ। यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साइज नेपालको आयोजना गर्दै समेत आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment