प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेशी शुक्रबार

डिसी नेपाल
२९ पुष २०७७ १६:२०

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा माघ २ गते शुक्रबारसम्मलाई स्थगित भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा बुधबार भएको सुनुवाई संवैधानिक इजलासमै हेर्ने कि वृहत पूर्ण इजलासमा लैजाने भन्ने बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।

बहसका क्रममा अधिवक्ताहरुले उक्त मुद्दालाई बृहत पूर्ण ईजलासमा लैजानुपर्ने माग राखेका थिए । तर सरकारी पक्षले भने मुद्दाको क्षेत्राधिकार संवैधानिक इजलासमा रहेकाले उक्त मुद्दालाई संवैधानिक इजलासमै हेर्नुपर्ने बताएको थियो ।

आजको इजलासमा मुद्दाको पक्षको तर्फबाट बहस गरेका अधिकांश अधिवक्ताहरुले बृहत पूर्ण इजलासबाट मुद्दाको सुनुवाई गर्न माग गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *