नेपाल इन्फ्रास्ट्रक्चरको आइपीयो शुक्रबारेखि आउँदै, कसैको हात रित्तो नहुने

डिसी नेपाल
१ माघ २०७७ ११:०३

काठमाडौं। भोलि माघ २ गते (शुक्रबार) बाट नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आजसम्मकै सबैभन्दा सबैभन्दा ठूलो आईपीओ निष्काशन हुन लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको ८ करोड कित्ता आइपीयो सेयर निष्काशन गर्न लागेको हो।

जस मध्ये १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन पाउने छन्। आवेदकले दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

आजसम्मकै ठुलो धेरै मात्रामा आइपीयो निष्कासन हुन लागेकोले उक्त कम्पनीको आइपीओमा आवेदन दिने कुनै आवेदकको पनि हात खाली हुने छैन्।
आवेदकको संख्या हेर्दा प्रत्येक आवेदकलाई ५० देखि ६० कित्ता सम्म सेयर पर्न सक्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *