सुन प्रतितोला ८ सयले घट्यो

डिसी नेपाल
१ माघ २०७७ १२:२३

काठमाडौं साताको पाँचौ दिन बिहीवार सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

बिहीवार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहिबार १५ रुपैयाँले घटेको चाँदी प्रतितोला एक हजार २ सय ४५ मा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *