अवैध काठसहित ट्र्याक्टर नियन्त्रणमा

रासस
१ माघ २०७७ १८:२८

वाग्मती । मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगर कार्यालय हेटौँडाले अवैधरुपमा ल्याइएको काठ र ट्र्याक्टर तथा चालकसहित तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरीे टोलीले जाँचका क्रममा उक्त अवैध काठसहित ट्र्याक्टर र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको सो कार्यालयले जनाएको छ ।

जाँचका क्रममा उक्त ट्र्याक्टरबाट चिलाउने ३२।०२ क्युफिट, कर्माको ७।०३ क्युफिट र कर्माको ७।०३ क्युफिट गोलिया काठ बरामद गरेको बताइएको छ । हेटाँैडाको भोर्लेस्थित धरान चतरा सडकखण्डमा हर्नामारी हँुदै हटियातिर जाँदै गरेको ना७त ११३५ नं को ट्र्याक्टरमा लोड रहेको काठका कागजपत्रबिना फेला परेपछि नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा ट्र्याक्टर चालक हेटाँैडा उपमहानगरपालिका–१८ का ३४ वर्षीय सन्तबहादुर जिम्वा, ४७ वर्षीय आइतराम जिम्वा तथा हेटाँैडा–१७ का २९ वर्षीय अशोक तामाङ रहेको बताइएको छ । प्रहरीले नियन्त्रणमा लिएको काठसहित ट्र्याक्टर तीन जनालाई जिल्ला वन कार्यालय मकवानपुरमा कारवाहीका लागि आज पठाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *