प्रचण्ड पत्नी सीतालाई काठमाडौं फर्काइयो
फाइल फाेटाे।
काठमाडौं। उपचारका लागि भारतको मुम्बई लगिएकी नेकपा (प्रचण्ड -माधव)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाललाई काठमाडौं फर्काइएको छ। उनलाई बिहीबार काठमाडौं ल्याइएको हो।
लामो समयदेखि अस्वस्थ सीतालाई पुस २० मा मुम्बई लगिएको थियो। उनीसँगै मुम्बई गएका प्रचण्ड पुस २५ मा काठमाडौं फर्किएका थिए। सितालाई काठमाडौं ल्याइए पनि उनको स्वास्थ्यबारे भने प्रचण्डको सचिवालयले केही खुलाएको छैन। मुम्बईमा उनको सर्जरी गरिएको बताइएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment