आन्तरिक राजस्व मोबाइलबाट तिर्न सकिने

डिसी नेपाल
२ माघ २०७७ १४:३७

काठमाडौं। अब जुनसुकै बैंकको मोबाइल बैंकिङ एपमार्फत करदाताले आन्तरिक राजस्व कार्यालयको राजस्व भुक्तानी गर्नसक्ने भएका छन्। मोबाइल बैंकिङमार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन पे पेमेन्ट सर्भिस लिमिटेडबीच सम्झौता भएको हो।

करदाताले एभरेष्ट बैंकमार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्न सकिने भएको छ। सम्झौता पत्रमा एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक आशुतोष शर्मा र फोन पेको तर्फबाट दिवस सापकोटाले हस्ताक्षर गरेका छन्।

यससँगै अब करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाइल बैंकिङबाट भुक्तानी गर्न सक्ने छन्।

करदाताले कर तिर्दा लमो लाइन लाग्नु पर्ने भएपछि यसलाई डिजिटल बनाउनु पर्ने माग गर्दै आएका थिए। अब उपभोक्ताले लामो लाइन लाग्नु पर्ने झन्झट हट्ने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *