सशस्त्रमा १६ डिएसपी एसपीमा बढुवा हुँदै
काठमाडौं। सशस्त्र प्रहरी बलका १६ जना डीएसपी एसपीमा बढुवा हुने भएका छन्। सशस्त्र प्रहरी बल मूख्यालयले रिक्त १६ एसपी पदमा बढुवाको तयारी थालेको छ। सशस्त्र प्रहरी वलले रिक्त पदमा बढुवाका लागि गत पुस २६ गते तीन दिने सुचना प्रकाशित गरेर सम्भाब्य उमेदवारबाट मूल्यांकन फारम भर्न आह्वान गरेको थियो।
फारम भर्ने म्याद गत पुस २९ गते नै सकिएको भएपनि बढुवाको निर्णय भने हुन सकेको छैन। अघिल्लो बढुवामा छुटेका डिएसपीहरू हर्कराज पन्त, प्रदिप कार्की, राजकुमार लामिछाने, विनोद केसी, रमेश थापा, गगन श्रेष्ठ, चित्रांग दाहाल, विक्रम हुमागाइ, प्रदिप खड्का, कृष्णराज अधिकारी, रुपकुमार क्षेत्री, शसि पाण्डे, तिर्थ थापा, राजु गौतम, अरविन्द श्रेष्ठ र सुर्य आचार्य एसपीमा बढुवा सूचीमा रहेपनि निर्णय भने भएको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment