भृकुटीमण्डपमा फुटवेयर विजनेस एक्स्पो

डिसी नेपाल
२ माघ २०७७ १७:५७

काठमाडौं। राजधानीमा जारी फुटवेयर विजनेस एक्स्पोमा ग्राहकहरुको आकर्षण बढेको छ। एक्स्पो शुरु भएको शुक्रबार चौथो दिन ग्रहाकहरु बढिरहेको आयोजकहरुले बताएका छन्।

मेलामा १ सय रुपैयाँदेखि ३ हजार ५ सय भन्दा बढि मूल्य पर्ने जुत्ताचप्पलहरु राखिएको छ।

उपभोक्ताको मागलाई मध्यनजर गर्दै मेलामा स्पोर्टस सुज, पार्टी सुज, क्याजुअल सुज, र्फमल सुज, अफिस सुज, स्कुल सुज, कलेज सुज, लेडिज सुज, बुट लगायत विभिन्न प्रकारका जुत्ताचप्पल राखिएको छ।

ब्राण्डेड कम्पनीका जुत्ताचप्पलमा ग्यारेन्टिसहित १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ।

भेनष सुजका प्रवन्ध निर्देशक जीवन श्रेष्ठले उपभोक्तालाई चर्चित ब्राण्डका धेरै कम्पनी र धेरै खालका जुत्ताचप्पल एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व हुने बताए।

नेपाली जुत्ताचप्पलको गुणस्तर बढ्दै गएकाले नेपाली उत्पादनका जुत्ताचप्पलमा ग्राहको माग बढिरहेको उनको भनाई छ।

प्रत्येक वर्ष दशैंको समयमा हुने एक्सपो यो वर्ष विश्वव्यापी महामारीका रुपमा फैलियको कोरोना भाइरस संक्रमण त्रासका कारण ४ महिना ढिलो आयोजना भयको हो।

बोस सुजका प्रबन्ध निर्देशक गंगा श्रेष्ठले विगत एक वर्षदेखि उपभोक्ता सम्म पुर्याउन नसकिएको बताए। उनले भने “विगत एक वर्षदेखि हामी ठप्प जस्तै रह्यौँ। यो क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ सबै दास्रो मुलुकबाट ल्याउने पर्छ। कोरोना भाइरस महामारीका कारण यसको उत्पादनमा पनि कमि आयो। अहिले कोरोना संक्रमण त्रास कम भएसँगै सुरक्षा स्वास्थ्यका मापदण्ड अपनायर जुत्ता चप्पल बजारमा ल्याएका छौँ।” यसले नेपाली जुत्ताचप्पलप्रति उपभोक्तामाझ सकारात्मक सन्देश प्रवाहा होस भन्ने आशा रहेको उनको भनाई छ।

उनले यो मेलाले मुख्यतः उत्पादन कम्पनी र उपभोक्ताबीच पुलको रुपमा काम गर्ने बताए।

यो मेलामा भेनष सुज, बोस सुज, प्यारागन सुज, केटीएम सुज, बेम्बो सुज, फुट स्टेक सुज, रन सुज, सु ल्याण्ड सुज लागएत ब्राण्डेड कम्पनीहरुको सहकार्य छ।

पछिल्लो समय जुत्ताचप्पलमा नेपाली उपभोक्ताको आर्कषण बढ्दो छ। हाल नेपाल जुत्ताचप्पलमा करिव ७० प्रतिशत भन्दा धेरै आत्मनिर्भर छ।

करिव साढे २ लाख जनाले रोजगारी पायको यो क्षेत्र कोरोना भायरसले धेरै प्रभावित भयो। हाल केही उद्योगीहरु बन्द छन्। केही व्यवसायीहरु यो व्यवसायबाट पलायन भइसकेका छन् त केही व्यवसायीहरु पर्ख र हेरको स्थितिमा छन्। व्यापार व्यावसाय नहुँदा धेरैले यो क्षेत्रबाट रोजगारी गुमाएका छन्।

नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले आवश्यक नीति नियम मार्फत सम्बोधन गर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन्। उनीहरुले नेपाली उत्पादनलाई प्राथामिकता दिइनु पर्ने भन्दै विभिन्न ठाउँमा कर बुझाउनु पर्ने झन्झिटिलो प्रक्रिया, चोरी पैठारीमा नियन्त्रण, अनुगमनमा थप प्रभावकारी बन्न सरकारलाई आग्रह गरेका छन्।

सीमित अवधिका लागि चल्ने मेलामा हाल करिव दैनिक २ हजार भन्दा धेरै मानिसहरुले जुत्ताचप्पल अवलोकन गरिरहेको आयोजकले बताएको छ। उपभोक्ता आर्कषण बढि रहेकोले दैनिक अवलोकन गर्ने मानिसको संखया पनि बढ्दो रहेको छ। यो एक्स्पो नेपालका जुत्ता चप्पल उत्पादकको आठ वटा ब्राण्डेड कम्पनीको सहकार्यमा सुरु भएको हो। मेला गत मंगलबारदेखि जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *