प्रधानसम्पादक भट्टराईलाई भातृ शोक
काठमाडौैं। यस डिसी नेपाल डटकमका प्रधानसम्पादक चुडामणि भट्टराईलाई भातृ शोक परेको छ। प्रधानसम्पादक भट्टराईका भाई रोहिणी भट्टराईको शुक्रबार ४१ वर्षको अल्प आयुमा निधन भएको छ।
कोरोना संक्रमित भएर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका रोहिणीको कोरोना रिपोर्ट नेगेटिभ भए पनि निमोनियाले पीडित थिए। उनको उपचारकै क्रममा निधन भएको हो। रोहिणीको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
स्वर्गीय रोहिणी एक सफल व्यवसायी र कलाकार थिए। उनले हिजो आजका कुरालगायतका टेलिश्रृंखलामा काम गरेका थिए भने भुईँमान्छे नामको फिल्मसमेत बनाएका थिए। उनले एक आउटसोर्सिंग कम्पनीसमेत सञ्चालन गरेका थिए। उनी हाल मेडिसिटी अस्पतालको पब्लिक रिलेशन म्यानेजरसमेत थिए।
स्वर्गीय रोहिणीका दुई छोरा र श्रीमती छन्।
स्वर्गीय रोहिणीका मातापिता, दुई दाजुभाई तथा दुई दिदी बहिनी छन्।
स्वर्गीय रोहिणीको मृत आत्मको चिरशान्तिको कामजना गर्दै शोकाकुल परिवार तथा आफन्तप्रति डिसी नेपाल डटकमले समवेदना प्रकट गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment