बिच…रो गोर्डन रे ! (संस्मरण)

डिसी नेपाल
३ माघ २०७७ ६:४४

‘काँइलाऊ! यी केटा र केटी बेलायतबाट आएका हुन्। शिवरात्रीसम्म काठमाण्डुमै बस्छन् रे। केटाको नाउँ गोर्डन रे र केटीको नाम सोफिया टेम्पल हो। यी दुवै जना काठमाण्डुमा गाँजा खान आएका रै’छन।

बेलायतमा खोज्दा पनि नपाइने, यहाँ चाहिँ लुकेर जति पनि खान पाइने भन्दैछन्। अँ काइलाऊ! यहाँ दुई तीन ओटा नेपाली बिहे पनि देखेछन् र हामी पनि नेपाली परम्पराले नै बिहे गर्ने भन्दैछन, गराइदिनु हुन्छ?’ चित्रलाल रिसालले सोध्यो।

‘ए चित्रे! भैहाल्छ नि। बरु रातो सारी, रातै चोलो, रातै पेटिकोट र रातै घुम्टी केटीलाई चाहिन्छ र केटालाई दौरा, सुरुवाल, टोपी, खुकुरी र कम्मरमा खुकुरी भिर्न पटुका पनि चाहिन्छ, सबै किन्नु पर्छ। अँ सुन त सिंदुर, पोते र चुरा पनि चाहिन्छ, त्यो पनि भन्दे’, छबिलाल रिसालले भने।
चित्रलालले सबै कुरा गोर्डन र सोफियालाई अथ्र्यायो।

‘मिस्टर रिसाल! यी सबै कुरा यहाँ भाडामा पाइदैनन्? भाडामा पाइने भए किन किनिराख्नु?’ गोर्डनले सोध्यो।

काइलाऊ! होलान् नि काइल्यामाका बिहेका रातै सारी, चोलो पेटिकोट र घुम्टी । दिनोस् न भाडामा। किन तेसै थन्क्याएर राख्नु। दुईचार पैसा भए पनि आउछ।

ए चित्रे! कुरा त राम्रै गरिस्। सारी त केटीलाई लाउन मिल्छ, पेटिकोट चाहिँ नाइटामुनि बाँध्नु पर्छ अनि मिल्छ। चोलो त मिल्दैन। यो केटी यति अग्ली, तेरी काइल्यामा च्यान्टी।

सोफिया टेम्पलको सुस्वास्थ्य, उज्ज्वल भविष्य र दीर्घ जीवनको लागि भन्दै चिलिमभित्रको गाँजा धपक्क बल्ने गरी तान्यो र हाँस्तै नाक र मुखबाट एकैपल्ट धुवाँको मुस्लो निकाल्न थाल्यो। धुवाँ निकाल्दै थियो, ख्वाक्क खोक्यो र बसेकै ठाउँमा भुक्लुक्क लड्यो। जोगीले मुढामा अगुल्टो ठोसेर उज्यालो बनायो। मैले गोर्डन गोर्डन भनेर हल्लाएँ। नबोलेपछि थहा पाएँ, गोर्डन त गइसकेछ।

त्यसो भए कुरा मिल्यो काइलाऊ। काइल्यामाको सारी, पेटिकोट र घुम्टी भैगयो। दौरा सुरुवाल र चोलोलाई मित्रलाल दाजु र भाउजू दुवैसँग कुरा गरौंला, उनीहरुको मिलिहाल्छ। टोपी, पटुका र खुकुरीको के कुरा भो र जसरी पनि जुटी हाल्छ। बरु बिहे कहिले गराइदिनु हुन्छ, भन्नोस्।
‘सोध्न केटा र केटीलाई कहिले गर्ने भनेर’, उल्टै छबिलालले सोधे।

चित्रलालले गोर्डन र सोफिया दुवैलाई सोध्यो। उनीहरुले ढिलो किन गर्ने, भोलिनै गर्ने भनेर जवाफ दिए।

ए चित्रे! अब यो सबै काम तेरो जिम्मा। नबुझेको र नजानेको कुरा तेरी काइल्यामासँग सोध। गुह्येश्वरी मन्दिर नजिकै सेतो सत्तल छ नि, त्यसकै अगाडि जग्गे बनाउनु। मन्दिरभित्र बिदेशीलाई छिर्न दिँदैनन्, बुझिस् त कुरा?

बुझेंं काइलाऊ। अब सबै काम पूरा भयो भन्ने सम्झनोस्।

भोलिपल्ट भनेको ठाउँमा छबिलालले भनेजस्तै चित्रलालले जग्गे बनायो। ब्यौला–ब्यौली(बेहुला–बेहुली) हुने दुबै जनाले त्यो दृश्य हेरिरहे।
ए चित्रे! ब्यौला–ब्यौलीलाई जग्गेमा बसा।

रातै पहिरनमा सजिएकी सोफिया र दौरा सुरुवाल, टोपी र कम्मरमा खुकुरी भिरेको गोर्डन जग्गेमा बसे। छबिलालले भने बमोजिम पूजा गर्न थाले।

काइलाऊ! पूजा किन गर्नु परेको भनेर गोर्डन सोध्दैछ।

ए चित्रे! भन्दे शुभकार्य सुरु गर्नुभन्दा पहिले भगवानको पूजा गर्नुपर्छ भनेर।

काइलाऊ! शास्त्रमा यै लेखेको छ?

ए चित्रे ! तलाईँ गोरागोरीको बिहे गराउनु छ कि शास्त्रको कुरा गर्नु छ?

काइलाऊ! रातो सारी पेटिकोट किन लाउनु परेको भनेर सोध्दैछे सोफिया, के जवाफ दिनु?

चित्रे! रातो रंग हाम्रो शुभ रंग हो। शुभ कार्य गर्दा ब्यौली रातो पहिरनमा हुनुपर्छ भन्दे।

काइलाऊ! रातो रंग कसरी शुभ रंग भयो रे सोफियाले फेरि सोधी।

ए चित्रे! भन्दे रातो रंग शुभ ग्रहसँग सम्बन्धित छ।

काइलाऊ! सोफियाले फेरि सोधी शुभ ग्रह भनेको कुन ग्रह हो रे।

ए चित्रे! भन्दे शुभ ग्रह भनेको मंगल ग्रह हो। फेरि भन्दे मंगल ग्रहको रङ रातो छ। फेरि पनि भन्दे हामी कसैको कल्याणको कामना गर्दा शुभ ग्रहलाई सम्झेर ‘हार्दिक मंगलमय शुभ कामना’ भन्छौं। अरु पनि भन्दे हामी मंगलाचरण गर्दा मंगल ग्रहलाई नै सम्झेर ‘मंंगलम् भगवान विष्णु मंगलम् गरुणध्वज’, भन्छौं, बुझिस?

ए चित्र ! अब ब्यौला–ब्यौलीलाई लगन गाँठो बाँधेर जग्गे घुमा।

हुन्छ काइलाऊ। यो गाँठो के का लागि भनेर गोर्डन सोध्दैछ।

भन्दे चित्रे! यो गाँठो भनेको तिमीहरु बाँचुन्जेल यै गाँठो सरह नफुस्किने गरी एकआपसमा बाँधियौ भनेको।

यो सुन्नासाथ सोफिया पछाडि फर्केर मुसुक्क हाँसी र गोर्डनको ओठ चुम्न पुगी।

काइलाऊ! शास्त्रमा यै छ?

ए चित्रे! तलाईँ शास्त्रको कुरा किन चाहियो? ब्यौलीले कुरा बुझेर ब्यौलाको ओठ चुम्न पुगी सकी।

काइलाऊ! यो खुकुरी किन भिर्नु परेको भनेर गोर्डनले सोध्यो।

भन्दे चित्रे! अब उपरान्त सोफियालाई कसैले नजर लगायो भने यै खुकुरीले त्यसलाई छप्काइ दिन्छु भनेको।

यो सुन्नासाथ सोफिया फेरि पछाडि फर्की र गोर्डनको छातिमा झुण्डिएर ओठ चुम्न थाली।

गोरागोरीको बिहे हेर्न जम्मा भएकाहरु पनि यो देखेर खित्का छोडेर हाँसे।

काइलाऊ! शास्त्रमा यै छ?

‘ए अंग्रेजको भरिया! कति शास्त्रको कुरा निकाल्छस्। यी विदेशीले बुभ्mने गरी पो बिहे गरिदिनुु पर्छ। देखिनस् तेरी बज्यै चित्त बुझेर गोर्डनको छातिमा झुण्डिन पुगेकी। के बुभ्mछन् यिनीहरुले हाम्रो शास्त्रको कुरा’, छबिलालले चित्रलालको सातो लिदैँ भने।

काइलाऊ! यो जग्गे किन घुम्नु परेको भनेर फेरि गोर्डनले सोध्यो।

ए चित्रे! भन्दे अग्नि साक्षी राखि जग्गे घुमेर तिमीहरु बिहे गर्दैछौ। तिमी कुनै एकले अर्कालाई धोका दियौ भने यै अग्निले धोका दिनेलाई भष्म पार्छ भनेको।

यो सुनेर गोर्डन र सोफिया मरीमरी हाँसे। यिनीहरु हाँसेको देखेर दर्शक पनि हाँसे।

ए चित्रे! अब ब्यौलीलाई सिंदुर पोते लाइदिनु पर्छ। भन ब्यौलालाई।

काइलाऊ! यो सिंदुर पोते किन लाउनु पर्यो? भन्दैछे सोफिया।

भन्दे चित्रे! सिंदुर पोते लाएपछि तिम्रो बिहे भयो भनेर सबैले थाहा पाउछन् र भोलिदेखि तिमीलाई कसैले नजर लाउन सक्दैनन्।

काइलाऊ! गोर्डनको बिहे भएको चिनु के त? चिनु भएन भने उसलाई नजर लाउलान नि भनेर फेरि सोधी सोफियाले।

भन्दे चित्रे! भोलिदेखि गोर्डन ओइलाएको पूmल जस्तो अनुहार लिएर हिड्छ, त्यै हो उसको बिहे भएको चिनु।

जम्मा भएका दर्शकहरु हलल्ल हाँसे। सोफिया पनि ‘बिच…..रो गोर्डन रे’ भन्दै गाला सुम्सुम्याउन पुगी।

ए चित्रे! ल अब ब्यौलीलाई ब्यौलाको देब्रेपटि बस्नु भन्। अबदेखि उ पतिको बामांगिनी भई, बुझिस्।

भन्दिएँ काइलाऊ। सोफिया देब्रेपटि बसी। बरm गोर्डनले सोध्यो किन देब्रेपटि बसाको भनेर।

चित्रे! अब पत्नी पहिलोपल्ट पतिको घरमा जाँदैछे। नौलो घरमा जाँदा मन त आत्तिन्छ नै। त्यहाँ सासुससुराले माया गर्छन् गर्दैनन्, नन्ददेवर कुरौटे पो छन् कि, जेठाजुजेठानीले मैलाई मात्र काममा दल्ने हुन कि, यस्तै तर्कनाले भयभीत भएकी पत्नीलाई भयमुक्त बनाउन पतिले पत्नीको दाहिने हात आफ्नाे छातिमा राखेर भन्छ।

चित्रे! अब म जे भन्छु पतिलाई त्यै भन्न लगा ‘प्रिये! आजदेखि तिमीलाई मैले मेरो हृदयमा राखें। तिमी मेरो हृदयकी रानी भयौ। जीवनभर मेरो हृदयकी धडकन भयौ’ बुझिस् त! पत्नीलाई किन बामांगिनी बनाएको? किनकि पतिको हृदय छातिको देब्रेपटि हुन्छ।
यो सुन्नासाथ दर्शकले पनि मख्ख परेर ताली बजाए। सोफिया पनि गोर्डनको छातिमा टाँसिन पुगी।

काइलाऊ! तपाईँले पनि बिहेमा काइल्यामालाई यै भनेर फकाउनु भाथ्यो?

ए चित्रे! त्यति बेलाका पण्डित कति चाही गतिला थिए र। पुस्तकमा छापेको कुरा फलाक्ने त हुन नि।

ए चित्रे! अब ब्यौला ब्यौलीलाई उठा। ब्यौलीलाई ब्यौलाले ध्रुब तारा देखाउनु पर्छ।

काइलाऊ! ध्रुब तारा त दिउँसो देखिदैन नि, के देखाउनु?

ए चित्रे! नदेखे पनि ध्रुब तारा त छ नि। ल ब्यौलालाई ब्यौलीको संकेत औंलो समातेर ध्रुबतारा देखाउदै म जे भन्छु त्यै भन्न लगा ‘प्रिये! तिम्रो मेरो सम्बन्ध, तिम्रो मेरो मायाप्रीति र तिम्रो मेरो मायाममता हामी बाँचुन्जेल यै ध्रुबतारा जस्तो अचल, अटल र अडिग रही रहनेछ।’

ए चित्रे! ल अब ब्यौली अन्माएर बिदा गर्ने बेला भो। ब्यौलीलाई रुनु भन्।

काइलाऊ! यस्तो खुशियालीमा किन रुने? भनेर सोफियाले सोधी।

भन्दे चित्रे! आजसम्म मातापिताको घर नछोडेकी, मातापिताको मायाममतामा हुर्केकी चेलीलाई मातापिताको घर छोडेर, मातापितालाई छोडेर, दाजुभाई, दिदीबहिनी र मनमिल्ने साथीसंगी छोडेर सधैंका लागि नौलो घर जानुपर्दा यो बिछोडको पीडा सहन नसकेर रुन त आउछ नै। भन्दे सोफियालाई रुनु पर्छ भनेर।

सोफियाले रुन सक्तिन भन्दा पनि दर्शकले ख्यालठट्टा गर्दै रुनै पर्छ भने। केही नलागेर सोफिया रोएको नाटक गर्दै हासेर बिदा हुन लागी। बिदा हुँदादाहुँदै सोफिया र गोर्डनले सबैलाई बाईबाई भन्दै मोटरभित्र छिरे।

काइलाऊ! भोलिपल्ट बेलुका म गोर्डन र सोफियालाई भेट्न होटल गएँ। आफ्नै रैथाने पहिरनमा थिए। मलाई देख्नासाथ ‘ल हामीलाई गाँजा पाउने राम्रो ठाउँमा लैजा’, भने। लगें पशुपति पारी। शिवरात्रि आउन १० दिन बाँकी नै थियो। पारिका शिवालयहरु भारतबाट आएका जोगीहरुले कब्जा गरेर धुनी जगाई सकेछन।

सरकारले शिवरात्रिको बेला सित्तै ससाना मुढा उपलब्ध गराएकै थियो, धुनी जगाउन समस्या थिएन। घुम्दै जाँदा एउटा जोगीले ‘श्री १०८ बाबा गंगाधर गिरी’ भनेर कागज टाँसेको रहेछ। हामी त्यहीं बस्यौं। जोगीलाई गाँजा पाइन्छ कि भनी सोधें। पाइन्छ, एक चिलिम गाँजाको दुई सय रुपियाँ भन्यो। गोर्डन र सोफिया दुबैले पैसा निकाले।

जोगीले ‘म महिलाले खाएको गाँजाको पैसा लिन्न’, भन्ने संकेत दियो। सोफिया मख्ख परी। त्यतिबेलै दुइटी हिन्दुस्तानी र एउटी बिदेशी केटी आए। हिन्दुस्तानी केटीले दुइटा पोका जोगीलाई राख्न दिए। बिदेशी केटीले पनि मेरो सामान राखिदिनु हुन्छ कि भनी जोगीलाई दिन चाही।

जोगीले ‘म बिदेशीको सामान राख्दिन, योसँग विदेशी पैसा रहेछ भन्ने पुलिसले थाहा पायो भने मौका परे आफ्नै खल्तीमा राख्ला नत्र विदेशी पैसासमेत मलाई थाना लैजाला’, भन्यो।

हामी त्यस्तै दुई घण्टाजति बसेर फक्र्यौं। दोश्रो साँझ पनि सोफियाको करले दुवैले गंगाधर जोगीकै अखाडामा गाँजा उडाए। तेश्रो साँझ पनि सोफिया गंगाधर कै अखाडातिर सोजिइ। सोफिया सित्तैमा गाँजा खान पल्की भनेर तेश्रो साँझ गोर्डनले अब त अन्तै जाने भन्यो। ‘म अन्त जान्न, यही बस्छु’, सोफियाले गोर्डनलाई जवाफ दिई।

‘के भनेकी सोफिया तिमीले? तिमीलाई म एक्लै कसरी छोड्न सक्छु?’ गोर्डनले सोफियाको हात समातेर उठाउदै भन्यो।
‘छोड मेरो हात गोर्डन। म यही बस्छु भनेपछि यही बस्छु’, सोफियाले समातेको हात झडकारदै भनी।

‘सोफिया! तिमी त मेरी पत्नी हौं, तिमीलाई कसरी म एक्लै छोड्न सक्छु? ढिपी नगर, उठ’, गोर्डनले फेरि भन्यो। ‘म तिम्री पत्नी रे ? पागल भयौ कि के गोर्डन तिमी?’ सोफियाले गोर्डनलाई आँखा तर्दै भनी।

‘हाम्रो बिहे भएको बिस्र्यौ कि के तिमीले?’ गोर्डनले सम्झाउँदै भन्यो।

‘के रे? त्यो त एउटा मजाक थियो, नौटंकी बिहे थियो। यस्तो नौटंकी बिहेलाई हाम्रो देशको कानुनले मान्दैन, बुभ्mयौ? आजदेखि तिम्रो र मेरो सम्बन्ध यही समाप्त हुन्ठ। आजसम्म तिमीले मेरो साथ दिएकोमा धेरै धेरै धन्यवाद। अब मलाई बिर्स र आप्mनै बाटो लाग’, सोफियाले गोर्डनलाई आश्चर्य पार्दै भनी।

गोर्डनले कुरा बुझ्यो। अनि काइलाऊ! हामी दुबै जना त्यहाँबाट हिड्यौं।

पाँचौं दिनको कुरा हो काइलाऊ! म एक्लै पशुपति पारिका शिवालयमा घुम्दै थिएँ, सोफियासँग जम्काभेट भयो। भलाकुशारी पछि मैले सोफियालाई भनें ‘बाबा गंगाधर गिरीको व्यवहार महिलाप्रति साह्रै राम्रो रैछ।’

सोफियाले मुख बिगार्दै भनी ‘के को राम्रो हुनु मिस्टर रिसाल! तपाईँ र गोर्डन हिडेपछि म रातको १२ बजेसम्म जोगीकै धुनीमा आगो तापी रहैं। त्यसपछि जोगीले ‘रात छिप्पी सक्यो। मीठो निद्राका लागि एक चिलिम गाँजा अरु जाओस सोफिया’, भन्दै गाँजा तान्न दियो। गाँजा तान्नासाथ निद्राले छोपिहाल्यो।

बिहान कसैले मलाई घचघच्याएर र पानी छम्केर ब्युभ्mायो र इसाराले भन्यो ‘आठ बजिसक्यो, कति सुतिराख्या?’ मैले घडी हेरेंं, छैन त घडी नारीमा, अनि पैसाको थैली हेरें, त्यो पनि छैन। आत्तिएर छेवैको जोगीलाई सोधें ‘खै त गंगाधर गिरी, देख्दिन त।’

त्यो जोगीले इसारा गर्दै भन्यो ‘कुटुक्क पेट काट्यो, जंगल गएर आउँछु भनेर एक बजे राति गएको गंगाधर अहिलेसम्म फर्केको छैन।’
‘मिस्टर रिसाल! मैले बुझिहालें, म त लुटिइ सकेछु। पुलिसलाई खबर त गरें, तर गंगाधर जोगी अहिलेसम्म फेला परेको छैन।

यत्रो दिन भयो अब त सीमा पार गरी सक्यो होला। खाइदियो मेरो पाँच हजार जति नेपाली रुपियाँ, तीन हजार अमेरिकी डलर र पाँच सय पाउण्ड। मेरो त्यो दयनीय स्थितिमा टोनी गोल्डस्मिथ भेटियो। अहिलेसम्म उसैले मेरो खर्च उठाएको छ। अब त हामी गर्लफ्रेण्ड ब्वायफ्रेण्ड पनि भैसक्यौं। बरु मलाई मेरो पूर्व ब्वायपे्रmण्ड गोर्डन रे र टोनीको चिनजान गराउने मन छ। लैजानोस् न गोर्डन कहाँ मिस्टर रिसाल’, सोफियाले आग्रह गरी।

अनि काइलाऊ! मैले सोफियालाई भनें ‘तपाईबाट अलग भएपछि गोर्डन र म घुम्दै घुम्दै श्री १०८ बाबा सम्पूर्णानन्द पुरी भन्ने जोगी कहाँ पुग्यौं। गोर्डनले गाँजा छ? भनी इसारा गर्यो। जोगीले छ भन्यो। गोर्डनले दुई सय रुपियाँ दियो। जोगीले पाँच औंला देखाएर पाँच सय माग्यो। गोर्डनले पाँच सयनै दियो। जोगीले पनि चिलिममा गाँजा खाँदी खाँदी दियो र तैं सल्का भनी धुनीको आगो चिलिममा जोर्यो। गोर्डनले बिस्तार बिस्तार सल्कायो र पूरा सल्केपछि मलाई सम्बोधन गर्दै भन्यो मिस्टर रिसाल!

अबको यो कस मिस सोफिया टेम्पलको सुस्वास्थ्य, उज्ज्वल भविष्य र दीर्घ जीवनको लागि भन्दै चिलिमभित्रको गाँजा धपक्क बल्ने गरी तान्यो र हाँस्तै नाक र मुखबाट एकैपल्ट धुवाँको मुस्लो निकाल्न थाल्यो। धुवाँ निकाल्दै थियो, ख्वाक्क खोक्यो र बसेकै ठाउँमा भुक्लुक्क लड्यो। जोगीले मुढामा अगुल्टो ठोसेर उज्यालो बनायो। मैले गोर्डन गोर्डन भनेर हल्लाएँ। नबोलेपछि थहा पाएँ, गोर्डन त गइसकेछ।’

काइलाऊ! यो सुनेपछि सोफिया टेम्पलले  ‘बिच…रो गोर्डन रे’ भन्दै शोक प्रकट गरी।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *