प्रदेश नम्बर एक : कसको पल्ला भारी?

डिसी नेपाल
४ माघ २०७७ ११:४६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहका विभाजित बनेको नेकपाको एक समूह सडक आन्दोलनमा उत्रिएको छ। प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको नेकपाले सडक आन्दोलन सुरु गरेसँग दुई वटा प्रदेशमा प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

बाग्मती प्रदेश र एक नम्बर प्रदेश सरकार विरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले अविश्वासको प्रस्ताव दर्ता गराएपछि यी दुई प्रदेशका सरकार अल्पमतमा परेका छन्। यी दुवै प्रदेशको सभा वैठक यही माघ ७ गते बुधबारका लागि बोलाइएको छ।

प्रदेश नम्बर एकमा मुख्यमन्त्री शेरधन राईले आफ्नो पक्षमा बहुमत पुर्याएन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र आफू विरुद्ध हस्ताक्षर गर्ने सांसदलाई नै हस्ताक्षर फिर्ता लिन लगाउने कसरत सुरु गरेका छन्।

अहिले मुख्यमन्त्री राईले कांग्रेसलाई विश्वासमा लिने नीति लिएका छन्। दुवै समूहबीच सरकार निर्माणका लागि बहुमत नपुग्ने भएकाले कांग्रेस सरकार निर्माणका लागि निर्णयक बनेको हो। तर, कांग्रेसले हालसम्म कुनै औपचारिक समर्थन वा निर्णय भने गरेको छैन

प्रदेशसभामा सहभागी ९३ सांसदमध्ये कांग्रेसका २१ सांसद छन्। नेकपाका ६७ सांसदमध्ये मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरी दुई जनालाई हस्ताक्षर फिर्तासमेत लिँदा बहुमत सदस्य पुर्याउन कांग्रेसलाई फकाउन र सांसद खोसाखोसमा दुवै समूहको सक्रियता बढेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *