रचना र प्रविणको गीतमा शम्भु र सुरक्षाको कुशल अभिनय (भिडियो)

डिसी नेपाल
४ माघ २०७७ १६:२८

काठमाडौं । गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत ‘तिमी कस्की छोरी’को म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक गरिएको उक्त गीतको शब्द लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन् । जसमा संगीत पनि शर्माकै रहेको छ । सार्वजनिक गीतको भिडियोमा पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तको कुशल अभिनय देख्न सकिन्छ । भिडियोमा सुरक्षाका प्रेमिकाको रुपमा शम्भु घिमिरेलाई देख्न सकिन्छ ।

पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायाङ्कन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युवतीको अवतारमा देखा परेकी छिन् । आरोन अशोक कुमारको छायांकन रहेको भिडियोलाई निर्देशक लक्ष्मण सुनार आफैले सम्पादन गरेका छन् । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्सिङरमास्टरिङ साजन शाहले गरेका हुन् । सार्वजनिक गीतको भिडियो मोडल शम्भुको आफ्नै युट्युव च्यानल युनिआयन मिडियाबाट बजारमा ल्याइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *