सोमबार सुनको मूल्यमा २ सय गिरावट

डिसी नेपाल
५ माघ २०७७ १२:१३

काठमाडौं। साताको दास्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला ७ सय रपैयाँ घटेको सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँ घटेको हो।

सोमबार २ सय रुपैयाँ घटेको सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *