ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता नपाउने

डिसी नेपाल
५ माघ २०७७ २१:२१

काठमाडौं। अर्थमन्त्रालयले ट्राफिक प्रहरीलाई दिँदै आएको प्रोत्साहन भत्ता दिन नसक्ने जनाएको छ। सोमबार अर्थमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिँदै आएको प्रोत्साहन भत्ता तत्काल रोकिएको जनाएको हो।

कोरोना संक्रमणपछि ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता रोकिएको थियो। तर प्रहरी प्रधानकार्यालयले यसलाई पुन सूचारु गर्न गृह मन्त्रालय मार्फत अर्थमन्त्रालयलाई आग्रह गरेको थियो। तर अर्थले खर्चमा मितव्ययी अपनाउनु पर्ने कारण देखाएर पुनः सूचारु गर्न नसक्ने जानकारी दिएको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ।

सरकारले यसअघि नै ट्राफिक प्रहरी व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गर्दे ट्राफिक भत्ता दिने कार्यविधि समेत पास गरिसकेको थियो। त्यसअन्र्तगत केही समय ट्राफिक प्रहरीले भत्ता समेत पाएका थिए। तर अर्थमन्त्रालयले भने खर्च मितव्ययीता कार्यविधिलाई आधार मानेर दिन नसकिने जनाएको स्रोतको दावी छ।

२०७६ साल बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरेपछि केही समय ट्राफिक प्रहरीले भत्ता पाए पनि कोरोना संक्रमण अघि नै उनीहरुको भत्ता रोकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *