धितोपत्रको राफसाफ दुई कार्यदिनमा हुने

डिसी नेपाल
५ माघ २०७७ २३:०५

काठमाडौं। तपाईंले खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा नै राफसाफ हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारलाई थप व्यवस्थित बनाउने र थप सहज बनाउने लक्ष्यका साथ दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था गरेको हो ।

उक्त व्यवस्थासम्बन्धी जानकारी दिँदै सिडिएससीले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट संशोधित विनियमावलीअनुसार कारोबार भएको दिनबाहेक दुई कार्य दिनमा हुने व्यवस्था गरिएको छ ।

धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिएसँगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पूँजी बजार थप चलायमान हुने विश्वास लिइएको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए।

दुई कार्य दिनभित्र कारोबारलाई राफसाफ गर्नका लागि धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली २०६९ को उपविनियम १३ लाई संशोधन गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गरेको थियो ।

बोर्डले गत पुस २४ गते उक्त विनियमवाली स्वीकृत गरेको थियो । सिडिएससीको सञ्चालक समितिको निर्णयानुसार माघ ११ गतेदेखि लागू हुने व्यवस्था गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *