भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

डिसी नेपाल
६ माघ २०७७ ९:१७

चितवन । भरतपुर महानगरपालिका–२२ मा घरेलु तथा साना उद्योग प्रदर्शनीकक्षको शिलान्यास गरिएको छ। कक्षको महानगर प्रमुख रेनु दाहालले सोमबार शिलान्यास गर्दै, प्रदर्शनीकक्षको सञ्चालनले स्थानीय उत्पादनको बजारीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताइन्। यसले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा बढवा दिने उनको भनाइ थियो।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताइन्। उनले निर्माण हुन लागेको यस औद्योगिक उपज प्रदर्शनीकक्षले यस क्षेत्रको औद्योगिक र पर्यटकीय गतिविधि विकास र विस्तारमा सहयोगी हुन छ भनिन्।

प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा सिन्धुप्रसाद ढुङ्गानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन्। कार्यक्रममा वडा नं २२ का अध्यक्ष विष्णुराज महतोले निर्माणाधीन घरेलु उपज प्रदर्शनीकक्षले यहाँको पर्यटन प्रवद्र्धन र घरेलु तथा औद्योगिक उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

सो कार्यालयका प्रमुख यादवनाथ आचार्यले निर्माणाधीन प्रदर्शनीकक्ष रु ९१ लाखको लागतमा निर्माण गर्न लागिएको जानकारी दिए। एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कक्ष निर्माण गर्न लागिएको हो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *