ललितपुरको चाँगाथलीमा घरभित्रै मृत अवस्थामा भेटिए दम्पती

डिसी नेपाल
६ माघ २०७७ १२:२१

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ७ लामाटारको चाँगाथलीमा घरभित्रै एक दम्पती मृत अवस्था फेला परेका छन्।

३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल बन्द कोठाभित्र मृत अवस्थामा भेटिएका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले डिसी नेपाललाई बताए ।

प्रवक्ता महर्जनका अनुसार प्रहरीको प्रारम्भीक अनुसन्धानले घरमा कोही नभएको मौका छोपी विष सेवनबाट आत्महत्या गरेको देखाएको छ। उनीहरु आफ्नो कोठामा मृत अवस्थामा भेटिएको घटनास्थलबाट प्रहरीले स्लफर नामको विषादीको बट्टासमेत फेला पारेको छ।

‘विष भेटिनुले आत्महत्यातिर नै अनुसन्धान केन्द्रित भएको छ। अन्य एङ्गलबाट पनि अनुसन्धान गरिरहेका छौं’ एसपी महर्जनले भने, ‘अहिलेसम्म उनीहरुको मृत्युको कारण भने खुलिसकेको छैन, अनुसन्धान भइरहेको छ।’ मृत भेटिएका दम्पतीको शव पोष्टमोर्टमको तयारी भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *