कृषि विकास बैंकले ६ अर्ब रुपौयाँको ऋणपत्र जारी गर्ने

डिसी नेपाल
६ माघ २०७७ १७:३३

काठमाडौं। कृषि विकास बैंकले ६ अर्ब रुपौयाँको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो। बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८४ नामक ऋणपत्र जारी गर्न लागेको हो।

कुल ६० लाख इकाई ऋणपत्रमध्ये बैंकले २४ लाख इकाई सर्वसाधारणका छुट्याईयको छ। यस्तै २५ लाख कित्ता भने अन्य संघसंस्थालाई बिक्री गर्नेछ। ऋणपत्र बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ। बैंकले ऋणपत्रमा वार्षिक ४ प्रतिशत व्याज दिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *