रहेनन् लोक गायक तथा संकलक रत्न बानियाँ
काठमाडौं । लोक गायक तथा संकलक रत्न बानियाँको निधन भएको छ। नेपाली लोक गीतमा लामो समय काम गरेका उनको बुधबार विहान निधन भएको हो।
झरना संगितका मालिक समेत रहेका बानियाँको दुवै मृगौलाले काम गरेका थिएनन्। उनी लामो समयदेखि मृगौलाको उपचार गराइरहेका थिए।
‘धेरै उपचार गर्नु भयो। उपचारकै क्रममा सबै सम्पत्ति सकियो।’ लोकदोहोरी गायिका टिका पुनले भनिन्, ‘नेपाली लोक दोहोरी क्षेत्रका धेरै कलाकार उहाँकै सहयोगमा स्थापित भएका हुन्। कलाकारको तर्फबाट पनि धेरै कोसिस गरियो बचाउन सकिएन।’
गायक बानियाँका तिम्रो ल्वाङ सुपारी रोइला भाका, दिनै र हो भरी सालैजो, यतिराम्रो झिल्के कौरा, लगायत पानमा सुपारी, जिन्दगी के छ र, एक्लै भएर, छैन जानु कहीँ, पोखरा फेवाताल लगायतका लोक गितहरु छन।
बानियाँ करिव ८/१० वर्षदेखि मृगौलाको उपचार गराइरहेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment