प्रतिनिधिसभा विघटन मुद्दा : आधा घण्टाभित्र बहस सक्न समय निर्धारण

डिसी नेपाल
७ माघ २०७७ १२:११

काठमाडाैं। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानुन व्यवसायीहरुलाई आधा घण्टाभित्रै बहस सक्न समय ताेकेका छन्।

मंगलबारदेखि नै बहस गरिरहेका चन्द्रकान्त ज्ञवालीलाई आधा घण्टाभित्र बहस सक्न भनिएको थियो । अब संवैधानिक इजलासमा बहस गर्ने पक्ष विपक्षका वकिलले आधा घण्टामा सक्नुपर्ने भएको छ।

न्यायाधीश अनिलकुमार सिन्हाले बहस लामो हुँदा फैसलामा ढिलाइ हुने भएकाले छोटो गर्न आग्रह गरेका थिए। यसअघि पनि इजलासले समयमा ख्याल गर्न कानुन व्यवसायीलाई आग्रह गरेको थियो।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा परेका १३ वटा रिटमा प्रधानन्यायाधीश जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ।

रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले राजनीतिक कारणले प्रतिनिधिसभा विभटन गर्नुपरेको भन्दै प्रधानमन्त्री केपी ओलीले दिएको लिखित जवाफमाथि प्रश्न उठाउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *