प्रदेश १ प्रदेशसभाः घम्साघम्सी हुने अवस्था आएपछि, कसैले बोल्न नपाउने

डिसी नेपाल
७ माघ २०७७ १३:५४

काठमाडौं । सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएपछि पहिलो पटक प्रदेश १ को प्रदेशसभा हिउँदे अधिवेश बस्दैछ।

पार्टी विभाजनपछि मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड नेपाल समूह र प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको नेकपाबीच घम्साघम्सी हुने अवस्था आएपछि सभामुख प्रदिप कुमार भण्डारीले प्रदेश प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशसभा बैठक आह्वान गरेको पत्र पढेर सुनाएपछि अनिश्चितकालका लागि बैठक स्थगित गर्ने सहमति भएको छ।

केहीबेरअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै अप्रिय घटना हुन नदिन भन्दै पत्र पढेर सुनाएपछि बैठक स्थगित गर्ने सहमति भएको प्रदेशसभा स्रोतले जनाएको छ ।

यसअघि बैठक सुरु भएपछि दलिय आधारमा एक एक जनालाई बोल्न दिइने सहमति भएपनि दुई नेकपाका सांसदबीच भिडन्त हुने स्थिति उत्पन्न भएपछि कसैलाई पनि बोल्न नदिई बैठक अनिश्चितकालका लागि स्थगित हुने भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *