चन्द्रागिरिको आईपीओ करिव साढे १ लाखले पाउने, साढे १० लाखले नपाउँने

डिसी नेपाल
८ माघ २०७७ ११:१५

काठमाडौं। चन्द्रागिरि हिल्सको आईपीओ भोलि (शुक्रबार) बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइले सर्वसाधारणका लागि जारी गरिएको क्यापिटलले हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने जनाएकोछ।

कम्पनीको आईपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन परेको थियो। त्यस मध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएकोले कुल १२ लाख ११ हजार ११५ वटा मात्रै योग्य आबेदन परेका छन्।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो।

माग भन्दा बढी ओवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन्। बाँकी १० लाख ७१ हजार ५ सय १५ जनाको हात रित्तो हुने देखिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *