पत्रकारले अब कालो झण्डा देखाउनुपर्ने छैन : सञ्चारमन्त्री गुरुङ
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालका पत्रकारहरुले कालोझण्डा देखाउन नपर्ने गरि सरकारले काम गर्ने बताएका छन्।बिहीबार राजधानी काठमाडौंमा नेकपा (ओली) निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सञ्चारकर्मीको योगदानलाई सरकारले उच्च मुल्यांकन गर्ने बताए।
उनले मुलुकमा भएका विभिन्न राजनीतितक परिवर्तनका क्रममा सञ्चारकर्मीले गरेको योगदानलाई सम्मान गर्न सरकारको प्रयास भए पनि केही मिडिया र सञ्चारकर्मीले पत्रकार आचारसंहिता विपरित आफ्ना गतिविधि गरिरहेको आरोप लगाउँदै असन्तुष्टि जनाए।
सोही भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री तथा नेकपा (ओली)का महासचिब विष्णु पौडेलले संसद् पुनःस्थापनाको सम्भावना नै नरहेको बताएका छन्। तर सर्वोच्च अदालतले गर्ने फैसलालाई आफूहरुले स्वीकार गर्ने उनले बताए।
उनले तोकिएको समयमा चुनावमा हुने समेत दाबी गरे। उनले भने, ‘आगामी वैशाख १७ र २७ गते नै प्रतिनिधि सभाको चुनाव हुन्छ। त्यसका लागि सरकारी निकायले तयारी थालिसकेका छन्।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment