वाग्मती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी

डिसी नेपाल
९ माघ २०७७ १२:२१

काठमाडौं। वाग्मती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरेको छ। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा वाग्मती प्रदेशका केन्द्रीय ससदस्यसहित वरिष्ठ नेता रामचन्द्र पौडेल तथा सभापति देउवासहितका नेताहरु सम्मिलित बैठकले कुनै ठोस निर्णय नगरेपनि आफूलाई मुख्यमन्त्री दिने समूहसँग मिल्ने गरी अगाडि बढ्ने विषयमा छलफल गरेको हो।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल हुँदैछ। मुख्यमन्त्री पौडेल विरुद्ध प्रचण्ड–माधव नेपाल समूहको नेकपाले अविश्वासको प्रस्ताव गर्दा गराएको थियो।

उक्त समूहले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको छ। तर कांग्रेसको समर्थन विना कुनै पनि समूहले मुख्यमन्त्री पाउने अवस्था छैन। यस्तो अवस्थामा कांग्रेसले आफूलाई मुख्यमन्त्रीमा सघाउनसँग मिल्ने नीति लिएको हो।

वाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँ हुन्। कांग्रेसले मुख्यमन्त्रीका रुपमा बानियाँलाई अघि सार्ने तयारी गरेको देउवा निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *