नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शन : जो रहर पूरा गर्न मात्रै काठमाडौं आए

उपेन्द्र शाही
१० माघ २०७७ १०:०२

काठमाडाैं। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले संसद विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्यो। यही आन्दोलनमा सहभागी थिए सिराहाका ६२ वर्षीया सदा मुसहर। उनलाई बिहीबार विहान उनका साथीले काठमाडौं जाने खबर सुनाए। खान र जानको लागि पार्टीले बेहोर्छ। माधव नेपाल, प्रचण्डलाई हेर्न पनि पाइन्छ।

साथीको कुरा सुनेर उनले जान मिले आफु पनि जाने इच्छा व्यक्त गरे तर, नमिल्ने होला प्रश्न गर्दै उनले सोधेछन्। त्यति भनेर नसक्दै उनका साथीले जाने भए आफुले पहल गरिदिने बताए।

आजसम्म काठमाडौं नआएका सदा पहिलो पटक काठमाडौं आउन पाइने भएपछि खुशीले प्रफुलित भए। समय निश्चित गरियो साझँको ५ बजे। नभन्दै उनी एकाएक काठमाडौं आइपुगे। उनको काठमाडौं आउने सपना पूरा भयो।

शुक्रबार आयोजित भेलाको एउटा कुनामा बसेका उनले भने, “जीवनकालमा काठमाडौं हेर्ने धोकोे थियो। त्यो पूरा भएको छ। विहान ७ बजे काठमाडौं पुग्यौँ। घरमा काम त थियो तर, काठमाडौं हेर्नको लागि काम छोडेर आयको हुँ। अब कार्यक्रम सकिए पछि बेलुका ७ बजे घर जाने हो।”

सर्वसाधरणका समस्या र मागलाई केन्द्रमा कहिले राखिन्छ? आजका शासकले सत्तामा गरेको छिनाझपटीको नौटंकीले तात्त्विक रूपमा नेपाली समाज र भुइँमान्छेहरूको जीवनमा फरक नपार्ने शतप्रतिशत सत्य हो। आमूल परिवर्तनका लागि सोही स्तरको वैचारिकी, बहस र आन्दोलन आजको आवश्यकता हो।

यस्तै सर्लाहीकी नन्दा देवी साहीको अवस्था पनि उस्तै थियो। उनका श्रीमानले काठमाडौं घुम्न जाने भने पछि काठमाडौं आएको उनले बताइन। गाडी फ्री छ, नेपाली राम्रोसँग बोल्न नजान्ने उनले भनिन्, “बेलुका ७ बजे र्फकिने हो। बस रिर्जभ गरेका छन् रे, मलाई अरु केही थाहा छैन।”

यस्तै गोर्खा घर भएका एम बहादुर थापाले साथीहरुले जानुपर्छ भने पछि काठमाडौं आएको बताए। बदाम खाँदै बसेका एकजना कैलाली घर भएका पदम बढुवाल पनि यसै सिलसिलामा प्रर्दशनमा सहभागी थिए। चुनाव गर्दा खर्च धेरै हुने र मंहगी बढ्ने उनले बताए। “बरु त्यो पैसाले कोरोना भाइरसको औषधि किनेर जनतालाई निशुल्क उपलब्ध गराउनु पर्छ” उनले भने।

जनताले ठूलो त्याग र बलिदान दिएर ल्याएको गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षतासहितको विश्वको उत्कृष्ट संविधान जोगाउन सडकमा छौँ प्रदेश नम्बर दुई संघर्ष समितिका सदस्य प्रकाश खतिवडाले भने। नेकपा दाहाल नेपाल समूहको शक्ति प्रदर्शनमा मधेसी समुदायको उपस्थिति धेरै थियो। दुई नम्बर प्रदेशबाट मात्र २० हजार भन्दा धेरै मानिसहरु काठमाडौं आएको खतिवडाले बताए।

शुक्रबार नेकपा दाहाल नेपाल समूहले गरेको प्रदर्शनमा यस्ता थुप्रै मानिसहरु थिए। जो पहिलो पटक घुम्नकै लागि भए पनि काठमाडौं आएका हुन्। विभिन्न जिल्लाबाट आएका मानिसहरुको भिडमा कत्तिको खुट्टामा जुत्ता चप्पपल र चिसो मौसममा शरीरमा न्यानो हुने लुगा सम्म थिएन।

कत्तिलाई त प्रर्दशन किन र केको लागि कसले गर्दै छ भन्ने कुरा पनि थाहा थिएन। काठमाडौं घुम्न पाउने र नेताका अनुहार नजिकबाट हेर्नकै लागि भए पनि उनीहरु घरको काम छोडेर चिसो मौसमको प्रवाह नगरी काठमाडौं आएका हुन्।

एकातिर कोरोना संक्रमणको जोखिमलाई पुरै बेवास्ता र अर्कोतिर राजनीतिक दाउपेचका कारण निकालियको जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्त व्यस्त देखिन्थ्यो। एम्बुलेन्सका विरामीदेखि दैनिक ज्याला गरेर खाने मजदुर वर्गलाई यो आन्दोलनले सास्ती थप्यो।

चाहे जंगबहादुरकालीन प्रवृत्ति होस् वा शाहकालीन अर्थात पछिल्लो समय कांग्रेस–कम्युनिस्ट नामधारी, शासकका अनुहारमा खास भिन्नता छुट्याउन कठिन छैन। रमाइलो के छ भने, सबै आफ्ना कुकर्म जनताकै लागि र जनताकै नाममा भएको भन्छन् र अहिलेसम्म नेपाली जनता पटकपटक झुक्किँदै आएका छन्। पटकपटक एक दुइ छाक खान पाउने लोभको गुलियोमा भुलिएका छन्।

गणेशमान सिंहले त्यसै भनेका हैनन्, नेपाली जनता भेडा हुन् भनेर । चाहे जतिसुकै भ्रष्ट र पतित होऊन्, उनै अनुहार र प्रवृत्तिलाई बहुमत दिएर जिताउँने जनताहरु छन्। नियत र क्षमता छुट्याउन नसक्दा चरम अराजकता र भ्रष्टताको साक्षी बन्छन्। यो चक्र दशकौंदेखि दोहोरिरहेकै छ ।

बहुसंख्यक जनतामा समकालिन राजनीतिप्रति वितृष्णा छ। कसरी हुन्छ विविध तिकडम, फन्डा र जालझेल गरेर कुर्सीको लागि सौदावाजी गर्ने राजनीतिले चरम सीमा नाघेको छ।

नेपाली शासकहरूको जनताकै लागि, जनताका नाममा कहिल्यै नअघाउन्जेल कुर्सीमा टाँसिरहने खेल देख्दा लाज र सरम आफैं लाजविहीन भएका छन्। सत्तासँग सम्पत्ति जोडिएको छ अनि सम्पत्तिसँग परिवारवाद र लोभ।

सर्वसाधरणका समस्या र मागलाई केन्द्रमा कहिले राखिन्छ? आजका शासकले सत्तामा गरेको छिनाझपटीको नौटंकीले तात्त्विक रूपमा नेपाली समाज र भुइँमान्छेहरूको जीवनमा फरक नपार्ने शतप्रतिशत सत्य हो। आमूल परिवर्तनका लागि सोही स्तरको वैचारिकी, बहस र आन्दोलन आजको आवश्यकता हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *