साताको पहिलो दिन घट्यो सुनको मूल्य

डिसी नेपाल
११ माघ २०७७ ११:५३

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। आइतबार सुन ३ सय रुपैयाँ घटेको छ। शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छपावाला सुन आइतबार ३ सयले घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरियको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आइतबा चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार चाँदी प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आइतबार प्रति ग्राम सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ कायम छ। यस्तै चाँदीको प्रति १० ग्राम मूल्य १ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *