मुख्यमन्त्री राईले गरे मोडल जाङ्मु शेर्पासँग विवाह
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई मोडल जाङ्मु शेर्पासँग आज विवाहवन्धनमा बाँधिएका छन् ।

पुर्ख्यौली घर संखुवासभा भएकी शेर्पासँग राजधानीको एक पार्टी प्यालेसमा राईले आजविवाह गरेका हुन् । विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । उनीहरुको परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।

मुख्यमन्त्री राईलाई राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै मन्त्रीहरुले विवाहस्थलमा पुगेर शुभकामना दिएका छन्।

तस्वीरः ध्रुव सुवेदीको फेसबुकबाट
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment