कर्णालीमा बृहत् खानेपानी आयोजना शुरु हुँदै

डिसी नेपाल
११ माघ २०७७ १८:२९

कर्णाली । कर्णालीमा बृहत् खानेपानी आयोजना शुरु हुने भएको छ । जुम्ला, मुगु र कालीकोट सो खानेपानी आयोजना सरकारले अघि बढाएको छ । सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाले धौलीघाट खानेपानी, कालीकोटको चुलिमालिका खानेपानी आयोजना र मुगु सोरुकोट बृहत खानेपानीबाट यहाँका ८३ हजार जनसङ्ख्या लाभ हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख महेश न्यौपानेले बताए ।

उनले भने, “कालीकोट र मुगुको आयोजना ठेक्का प्रक्रिया भई कामको सम्झौता भइसकेको छ ।” जुम्लाको धौलीघाट खानेपानी आयोजना पनि ठेक्काको तयारीमा रहेको कार्यालय प्रमुख न्यौपानेले बताए । कालीकोटको चुलिमालिका खानेपानी आयोजनाको ठेक्का सम्झौता भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *