विद्युतको महसुल असुल गर्न ध्यानाकर्षण – Dcnepal

विद्युतको महसुल असुल गर्न ध्यानाकर्षण

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणमा क्रियाशिल विभिन्न तीन कर्मचारी सङ्गठनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । प्राधिकरणका कामय मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आइतबार एक ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले विद्युत् भार कटौतीको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत जोडिएका विद्युत् लाइनको महसुल हालसम्म पनि नउठेकामा ध्यानाकर्षण गराएका हुन् ।

प्राधिकरण सञ्चालक समितिको २०७५ वैशाख ३१ गतेको बैठकले सञ्चाालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले २०७६ असोज १६ गते प्रतिवेदन बुझाएको थियो । यस्तै, प्राधिकरण सञ्चालक समितिको २०७६ कात्तिक १६ गते बसेको बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने निर्णय गरेको थियो ।

निर्णय भएको लामो समय भइसक्दा महसुल उठन नसकेको भन्दै प्राधिकरणका क्रियाशिल आधिकारीक टे«ड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी सङ्घ र कर्मचारी कल्याण परिषद्ले आइतबार ध्यानाकर्षण गराएको हो । विद्युत्भार कटौतीको समयमा औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक वर्गका उद्योग प्रतिष्ठानले डेडिकेटेड र ट्रङ्क लाइनबाट बिजुली लिएका थिए । त्यसरी लिएको बिजुलीको महसुल मात्रै झण्डै रु ११ अर्ब बराबर रहेको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो