राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने

डिसी नेपाल
१२ माघ २०७७ १५:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (ङ) नामको ऋणपत्र विक्री गर्न लागेको जनाएको हो।ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।

खरीदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । उक्त ऋणपत्रको बोलकबोल माघ १३ गते मंगलवार अपरान्ह २ बजेसम्म हुने छ। माघ १४ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा विसं २०८४ साल माघ १४ गते भुक्तानी हुनेछ ।

यस्तै इच्छुक खरीदकर्ता, र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपियाँ, अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपैयाँ छुट्याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *