नेप्से आजसम्मकै उच्च विन्दुमा, करिव ९ अर्ब बराबरको कारोबार

डिसी नेपाल
१२ माघ २०७७ १५:४४

काठमाडौं। केही दिनयता निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि बढेको छ। साताको दोस्रो दिन सोमबार  नेप्से १६ दशमलव ०४ अंकले बढेको छ।

यो सँगै नेप्से परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ बिन्दुमा बन्द भएको छ। जुन हालसम्मकै उच्च विन्दु हो।

सोमबार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २४ प्रतिशत अंकले घटेको छ।

सोमबार २०८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा सेयर बजारमा ८ अर्ब ९० करोड ३५ लाख भन्दा धरै कारोबार भएको छ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने बाँकी घटेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *