खोज पत्रकारिता केन्द्रको सम्पादकमा नेपाल
काठमाडौं। खोज पत्रकारिता केन्द्रको सम्पादकमा किरण नेपाल नियुक्त भएका छन्। उनलाई सोमबार सम्पादकमा नियुक्त गरिएको केन्द्रले जनाएको छ। सम्पादक नेपाल यसअघि हिमाल म्यागजिनको सम्पादक थिए। उनले हालै हिमाल छाडेका थिए।
खोज पत्रकारिता केन्द्रले विभिन्न खोजमुलक रिपोर्टहरु प्रकाशित गर्दै आएको छ। यसअघि केन्द्रको सम्पादकमा शिव गाउँले थिए। उनले विदा लिएपछि रिक्त भएको सम्पादकमा नेपाल नियुक्त भएका हुन्।
खोज पत्रकारिता केन्द्र को सम्पादकको रुपमा @kirannepal नियुक्त हुनु भएकोमा हार्दिक बधाई। pic.twitter.com/vMWtcRF8wq
— CIJ-Nepal (@cijnepal) January 25, 2021
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment