भीमफेदीको विकट बाह्रबिसे गाउँमा पुग्यो सडक

डिसी नेपाल
१२ माघ २०७७ २२:४३

टिस्टुङ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बाह्रबिसे गाउँमा पहिलोपटक सडक पुगेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत गाउँपालिका–५ स्थित विकट बस्ती बाह्रबिसेमा पहिलोपटक सडक पुगेको हो ।

गाउँसम्म सडक नपुग्दा स्थानीय बासिन्दाले कृषि उपजको बजारीकरणका साथै विविध समस्या झेल्दै आएका थिए । विकट भए पनि बाह्रबिसे गाउँ तरकारी उपजका लागि चर्चित छ । गाउँसम्म मोटर नपुग्दा उत्पादित तरकारी बजारसम्म बोकेर ल्याउनुपर्ने बाध्यता रहेको थियो । अहिले सवारी साधन ओहोरदोहोर हुने गरी सडक निर्माण भएपछि स्थानीय बासिन्दा निकै खुशी भएका गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *