मंगलबार ४ सयले उकालो लाग्यो सुन – Dcnepal

मंगलबार ४ सयले उकालो लाग्यो सुन

काठमाडाैं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ। छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ। छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ। तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो