तत्काल इजाजतपत्र खोल्न सरकारलाई परिसंघकाे आग्रह

डिसी नेपाल
१३ माघ २०७७ १३:२८

काठमाडौं। नेपाल उद्योग परिसंघले तत्काल भन्सार एजेन्ट थप गर्ने गरि इजाजतपत्र खोल्न सरकारसँग माग गरेको छ। मंगलबार ६९औं भन्सार दिवसको अबसरमा आयोजित कार्यक्रममा परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले तत्काल भन्सार एजेन्ट थप गर्ने गरि इजाजतपत्र खोल्न सरकारसँग माग गरेका हुन्।

विगत २५ वर्षदेखि भन्सार एजेन्ट खुल्न नसकेको भन्दै अध्यक्ष अग्रवालले तत्काल भन्सार एजेन्ट थप गर्ने गरि इजाजतपत्र खोल्नु पर्ने बताए।  यस्तै उनले हालको भन्सार सम्बन्धी जाँचपास तथा आयात निर्यातको प्रक्रियागत प्रणालीलाई थप सहज र व्यवस्थित गर्दैै डिजिटल भुक्तानीमा जान सरकारसँग आग्रह गरे।

हालैमात्र सरकारले शुरु गरेको एकीकृत जाँच पास चौकी तथा भन्सार एकद्धार प्रणालीको विकासले थप सहजिकरण गर्ने विश्वास व्यक्त गर्दै कार्यवाहक अध्यक्ष अग्रवालले अब पूर्णतः भन्सार प्रणाली डिजिटलाइज हुनुपर्ने बताए।

यसैगरि भन्सारमा मूल्याङ्कन गर्दा अझै पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा कृत्रिम सन्दर्भ मूल्यलाई आधार मानेर गर्ने गरिएकोले मूल्याङ्कनको यथार्थपरक डेटावेस निर्माण गरि पारदर्शी र अनुमान योग्य मूल्याङ्कन प्रणालीको स्थापना गर्न सकेमा भन्सारको छवि सुधार हुने तर्फ पनि अग्रवालले ध्यानाकर्षण गराए।

यसैगरी भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार सेवा तथा पूर्वाधारमा सुधार तथा आधुनिकीकरणको काम विभाग तिब्र रुपले लागेको र आयात निर्यात व्यापारलाई थप सहजीकरणका लागि नवीनतम प्रणालीको विकास गरिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *