भन्सार चुहावट रोक्न निजी क्षेत्रको सहयोग आवश्यक–अर्थमन्त्री पौडेल

डिसी नेपाल
१३ माघ २०७७ १३:५०

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन्। मंगलबार ६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून बीजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन्।

निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताए। यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने उनको भनाई छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कुनै पनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग राखेका थिए। उनले भन्सार प्रणालीलाई सुधार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिनुपर्ने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *