वैदेशिक व्यापार सहजीकरण गर्न ‘नेपाल व्यापार सूचना पोर्टल’ सार्वजनिक

डिसी नेपाल
१३ माघ २०७७ १५:५७

काठमाडौं। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले वैदेशिक व्यापारसम्बन्धी सूचना प्रवाहको सहजीकरणका लागि नयाँ व्यापार पोर्टल सार्वजनिक गरेको छ। मंगलबार उद्योग, वाणिज्यमन्त्री लेखराज भट्टले ‘नेपाल व्यापार सूचना पोर्टल’ नामक नयाँ अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन्।

केन्द्रले ल्याएको सो पोर्टलमा वैदेशिक व्यापारसम्बन्धी तथ्यांकको जानकारी तथा बहुआयामिक ढंगले तथ्यांकको विश्लेषणका लागि सहयोग गर्ने व्यवस्था गरिएको केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले बताए।

त्यस्तै, निर्यातजन्य व्यवसायीहरुले सो पोर्टलमार्फत् लगइन गरी आफूले उत्पादन गरेका निर्यातजन्य वस्तु तथा सेवाको बारेमा निशुल्क रुपमा प्रचारप्रसार गर्नसक्ने व्यवस्था समेत सो पोर्टलमा गरिएको छ।

सो पोर्टलमा निर्यातसम्बन्धी कानून र यसको प्रक्रिया, वैदेशिक व्यापारसम्बन्धी सूचना तथा विश्लेषण र प्रचारप्रसारका लागि पोर्टल उपयोगी हुने केन्द्रको दावी छ। उक्त पोर्टलमा विभिन्न देश तथा बहुराष्ट्रिय व्यापार सम्झौताहरुलाई समेत एकीकृत गरेर राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *