नागरिक अधिकारको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

डिसी नेपाल
१३ माघ २०७७ १८:३६

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार नागरिक अधिकारकर्मीमाथि भएको दमनप्रति विरोध जनाएको छ ।

आयोगले सोमबार विज्ञप्ति निकालेर कानून कार्यान्वयन गर्ने अधिकारीहरुका लागि बल तथा हतियार प्रयोगसम्बन्धी संयुक्त राष्ट्र संघीय आधारभूत सिद्धान्त १९९० को विपरीत हुने गरी कार्य नगर्न सरकारलाई आग्रह गरेको छ ।

नागरिकबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको आयोगले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *