बाबुको त्यो मृत्यु जसले बस्नेतलाई बेवारिसे शवको ‘छोरो’ बनायो

डिसी नेपाल
१४ माघ २०७७ १०:१५

काठमाडौं। मानिस मरिसकेपछि उसको छोराले दागबत्ति दिने संस्कृति छ। तर सबै शवले भने आफ्नै छोराको हातबाट मुखाग्नि पाउँदैनन्। कुनै कुनै शव त त्यसै सडकमै बेवारिसे हुन्छन्।

यस्तै बेवारिसे शव व्यवस्थापन गर्ने विनयजंग बस्नेतको कथा पनि कम मार्किक छैन। उनी अहिले बेवारिसे शवका ‘छोरो’ बनेका छन्।

पशुपतिको आर्यघाटमा बेवारिसे शव जलाउने विनयजंग बस्नेत उच्च परिवारका व्यक्ति हुन्। ललितपुरको टिकाथलीमा जन्मिएका बस्नेतलाई बेवारिसे शव जलाउनका लागि फोन आउँछ। उनी हरेक बेवारिसे शवलाई सदगद गर्छन्।

‘बेवारिसे शवहरु आफन्तका झैँ लाग्छन्’, बस्नेतले भने, ‘ ती शवहरुको व्यवस्थापन गर्नाले मलाई धर्म भएको जस्तो अनुभूति गरेको छु। कुनै कुनै शव त विभत्स हुन्छन्, कुहिएका किरा परेका।’

बस्नेतको बाल्यकाल अभाव बिहीन बितेको थियो। उनी सम्झन्छन् , ‘घरको जेठो छोरा, बाल्यकाल रमाईलोमै बित्यो। आमाबुबाको चाहाना म ठूलो अहोदामा पुगुँ भन्ने थियो।’ बुवा महालेखाको सह–सचिब भएपछि अभिभावकले त्यतिसम्मको अपेक्षा राख्नु स्वभाविक ठान्छन् उनी।

आमाको स्वर्गवास भएपछि बस्नेतको जीवनले अर्कै मोड लियो। साथिहरुले घुम्नजाउँ भन्दा घर जानुपर्ने जिम्मेवारी बोध भएका दिन सम्झन्छन्् उनी। ‘म १५/१६ वर्षको हुँदा आमा किरदार निभाएको मान्छे हुँ।’ उनले भने, ‘आमाको स्वर्गवासपछि मेरो जीवन बेवारिसे जस्तै बन्यो। घरको जेठो छोरो भएकाले स–साना भाईबहिनीका निम्ती आमाको सम्पूर्ण जिम्मेवारीको बोझ आफैमा थपिएको थियो। क्याम्पस पढ्न आउँथे साथीभाईहरु घुम्न, रमाईलो गर्न जाँउ भन्थे तर आफुलाई चाँडै घर पुगेर भाईबहिनीलाई खाना बनाएर ख्वाउनु पर्ने जिम्मेवारी थियो।’

जीवनमा उत्तारचढाव भोगेका बस्नेतले अहिले गरिरहेको काम कुनै योजनाबद्ध तरिकाले नगरेको सुनाए। उनले भने, ‘महालेखाको सचिब भएर पनि बुवाको १६ बर्ष अघि बेवारिसे अबस्थामा मृत्यु भयो। स–कुशल आफैले बनाएको खाना खाएर एकजना गुरुवा भन्ने साथीसँग हिड्नु भएको थियो। गुरुवाको पनि श्रीमती थिएन पहिले देखी उहाँहरुको हार्दिकता थियो।’
‘एक दिन बेलुका आउन ढिलो होला तरकारी किन्नु भनेर १०० रुपैयाँ दिएर जानुभएको थियो त्यो १०० रुपैयाँ मेरो जीवनको सबैभन्दा अमूल्य पैसा बन्यो’, उनले मलिन अनुहारमा उनले पुराना दिनहरु सम्झेको देखिन्थ्यो।

‘राति अबेरसम्म भए पनि घर आउने बुबाको बानी। तर, आउनुभएन। पछिल्लो दिन गुरुवाको सोधिखोजी गर्दा अघिल्लो दिन नै गइसक्नु भएको भन्ने जवाफ आयो। सबै आफन्त नातागोताहरु मार्फत खोजी गरियो’, उनले भने, ‘३ दिनपछि दुर्घटनामा मृत्यु भएर शिक्षण अस्पतालको शव घरमा राखिएको अपुष्ट समाचार सुनँे। अस्पताल जाँदा आँखाले बुवा देखँे पत्याउन बाध्य भएँँ। ८–१० ओटा बिभत्स कुहिएको लासको बिचमा बुवालाई राखिएको थियो।’

महानगरले बेवारिसे शव १० वटा जम्मा भएपछि खाल्डो खनेर गाड्ने गरेको पाइएको उनले बताए। ‘बुबा साझँमा नफर्किने हुनु भएछ’, बस्नेतले भने, ‘शिक्षण अस्पतालका शव गृहमा हुने गार्ड दाइले महानगरले सद्गद नगरी गाड्ने कुरा सुनाएपछि आकाशबाट खसेजस्तै भएँ। बुबालाई बेवारिसे हुनबाट बचाएँ झै लाग्यो। गार्ड दाइले पनि यही कुरालाई बढावा दिए। अहिले पनि उनले बुबालाई बेवारिसे हुनबाट बचायौ, आर्यघाटमा लगेर सदगद गर भन्नु भएको कुरा सम्झिरहन्छु।’

बुबालाई जलाइरहँदा बेवारिसे शवको बारेमा सोच्न बाध्य भएको बस्नेतको भनाइ छ। उक्त दिन गरेको प्रणका कारण आजको मितिसम्म ३ सय १५ शव जलाएको बस्नेतको अनुभव छ। ‘जीवित हँुदा हामी मानव अधिकारको कुरा गर्छौँ। मरेपछि पनि उसले समान अधिकारले सद्गद् हुन पाउने अधिकार हुन्छ,’ उनले भने।

उपत्यका लगायत २७ जिल्लामा बेवारिसे शव व्यवस्थापन गर्न टिम नै बनाएका उनले सुरुमा आर्थिक चुनौति भोग्नु परेको सुनाए। उनले भने, ‘अहिले देश विदेशबाट सहयोग भएकोले अलि सजिलो भएको छ।’

महानगरपालिकाबाट पनि ऐन नबनेका कारण कुनै सहयोग नभएको उनले सुनाए। ‘थममाया थापा (पूर्वमन्त्री)ले पनि वास्ता नै गर्नु भएन’ बस्नेतले भने, ‘महानगरले पनि माथिबाट ऐन बनेको छैन भन्छ। आश्वासन दिन्छ। सहयोग गरेको छैन। हामीले गरेको काम ठिक छ भनेर मात्र हुन्छ?’

‘बुबा आमाको मृत्यु पश्चात जीवन अस्तव्यस्त बन्यो। पीडाले बास गरे। दुव्र्यसनले संगत ग¥यो’, बस्तेनतले भने, ‘श्रीमती र छोरी टाढिँदै गए। भर गर्नेले पनि भर गर्नैै छोडे। रक्सीलाई नै जीवन ठान्न थालेँ। सबैको अप्रिय हुँदै गएँ। त्यसको परिणाम सुधार केन्द्रमा जानु पर्यो।’

दुव्र्यसनका कारण मृत्यु भएका बाहेक परिवारबाट हेला गरेर सडककै मृत्यु भोगेका पनि धेरै शव व्यवस्थापन गरेको बस्नेतले सुनाए। उनले ७७ वटै जिल्लामा आफ्नो टीम पुर्याउने सोँच गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *