किष्ट मेडिकल कलेजमा कोरोना खोप कार्यक्रम सुरु

डिसी नेपाल
१४ माघ २०७७ १६:२९

काठमाडौं । स्वास्थ्य कार्यालय, ललितपुरले कोरोनाविरुद्धको खोप प्रदान गर्न निर्धारण गरेका तीन स्थानहरुमध्ये किष्ट शिक्षण अस्पतालमा पनि खोप कार्यक्रम सुरु भएको छ।

आज ललितपुरको दक्षिणी भेगमा अवस्थित करिब ३६ स्वास्थ्य संस्थाहरुमा कार्यरत ३ हजारको हाराहारीका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा तथा सरसफाई कर्मचारीहरुलाई खोप लगाउँदै कार्यक्रम शुभारम्भ गरेको हो ।

आज बिहान १० बजे खोप कार्यक्रमको प्रथम सेवाग्राही शिक्षण अस्पतालका मेडिसिन विभागका विभागीय प्रमुख एवं श्वासप्रश्वास रोग बिशेषज्ञ प्राडा मिलेस जङ सिजापतिलाई खोप प्रदान गरी शुभारम्भ गरेको हो ।

अस्पतालले सेवाग्राहीका सुविधाका लागि वेटिङ कक्ष, रजिष्टे«सन डेक्सका साथै ६ वटा खोप डेक्सहरु र त्यहाँ खटिने प्राविधिक एवं स्वयंसेवक कर्मचारीहरुलाई आवश्यक तालिम दिई खटाईएकोछ ।

खोप लिने सेवाग्राहीलाई खोप कार्डमा उपलव्ध विवरणहरु जानकारी गराई दस्तखत वा ल्याप्चे लगाई मञ्जुरी लिई मात्र खोप प्रदान गरिएको छ । दोश्रो मात्रा खोप लिनका लागि खोप केन्द्रबाट उपलब्ध गराईएको कार्ड सुरक्षित राख्नुपर्ने किष्ट शिक्षण अस्पतालका प्रमुख परिचालक श्री अमिश पाठकले जानकारी दिए ।

राष्ट्रिय अभियानको यस महत्वपूर्ण जिम्मेवारीलाई सगर्व निर्वाह गर्न अस्पताल कटिबद्ध रहेको अस्पतालले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *