विद्यालयमा अजिङ्गर फेला

डिसी नेपाल
१४ माघ २०७७ २२:५५

राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा आज दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।

शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेको विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिए ।

विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सबडिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए । फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *